गण्डकीमा एमालेबाट रोशनबहादुर र वेदबहादुर मन्त्री बन्ने
पाेखरा | माघ १०, २०७९
पोखरा: गण्डकी प्रदेशमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा र वेदबहादुर गुरुङ मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले दुवैलाई सरकारमा लैजाने निर्णय गर्दै शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका छन् ।
वेदबहादुर कास्की १ (२) र रोशन नवलपुर १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटेर फर्केपछि उनले सरकारमा सहभागी हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।
माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् । अब रेशमबहादुर जुग्जाली मन्त्री बन्ने छन् ।
राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने छ ।
एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी छ
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

